रक्तदान कार्यक्रम गर्दै, शिक्षक आन्दोलनको २३ औँ दिनमा शिक्षकहरु : mero aarthik
जेठ १७ गते २०८२
ब्रेकिङ न्यूज

रक्तदान कार्यक्रम गर्दै, शिक्षक आन्दोलनको २३ औँ दिनमा शिक्षकहरु

मेरो आर्थिक मेरो आर्थिक वैशाख ११ गते २०८२

शिक्षा ऐन जारी गर्न माग गर्दै सरकारविरुद्ध नाराबाजी गर्दै शैक्षिक हड्ताल गरेर आन्दोलनमा उत्रिएका सरकारी विद्यालयका शिक्षक तथा कर्मचारीहरुले आज सडकमै रक्तदान कार्यक्रम गरेका छन् । उनीहरुले विहीबार बिहान बबरमहल–नयाँबोनश्वर सडकखण्डमा रक्तदान कार्यक्रम गरेका हुन् ।

शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै उनीहरु चैत २० गतेदेखि निरन्तर आन्दोलनमा छन् । शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनका लागि देशभरका शिक्षकहरु काठमाडौंमा भेला भएका छन् ।

उनीहरुको आन्दोलनले नयाँ शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यालय भर्ना र पढाइ सुरु हुन सकेको छैन । आज वैशाख ११ गतेदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा पनि सारेर वैशाख २१ गते पुर्‍याइएको छ ।