सवारी लाइसेन्सको पाँच बर्षको अबधि बढाएर दश बर्ष : Mero Aarthik
असार १६ गते २०८२
ब्रेकिङ न्यूज

सवारी लाइसेन्सको पाँच बर्षको अबधि बढाएर दश बर्ष

मेरो आर्थिक मेरो आर्थिक वैशाख १७ गते २०८२

सरकारले सवारी लाइसेन्सको पाँच बर्षको अबधि बढाएर दश बर्षको बनाएको छ । प्रतिनिधि सभाले केही नेपाल ऐन संशोधन विधेयक पारित गरेर समायवधि बढाएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष छ । यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए ।

मंगलबार प्रतिनिधि सभाले पारित गरेको यो विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधि सभामा आउँछ । सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?