माघ २२ गते २०८२ --:--:--
मेनु

आजको सुनको मूल्य

मेरो आर्थिक मेरो आर्थिक माघ ३ गते २०७९ ६:०४ AM
आजको सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख पाँच हजार एक सय पुगेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख पाँच हजार दुई सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक सयले घटेको हो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख चार हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार सात सय थियो ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार तीन सय ९० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?