नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्यमा २०० रुपैयाँको गिरावट आएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार रुपैयाँ छ । यस्तै, तेजावी सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ७०० रुपैयाँ थियो ।
विहीबार तोलामा १ लाख ४ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार एकै दिन ७०० रुपैयाँले बढेको थियो । आज चाँदीको मूल्य भने स्थिर छ ।
चाँदीको मूल्य तोलामा १ हजार ३७५ रुपैयाँ छ ।












