डीडीसी दूधको मूल्य ११ रुपैयाँले बढ्यो
मेरो आर्थिक
चैत्र २ गते २०७९
समयः ८:११ am
डीडीसीले दूधको मूल्य लिटरमा ११ रुपैयाँले वृद्धि गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी दूधको मूल्य बढाउने निर्णय गरिएको संस्थानका महाप्रबन्धक सञ्जिव झाले बताए ।
डीडीसी दूधको प्रतिलिटर मूल्य ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ कायम गरिएको छ भने सरकारले यस अघि वृद्धि गरेको दूधको किसान मूल्य पनि बुधबार १ चैतदेखि लागू गर्ने निर्णय गरिएको बताइएको छ ।
हाललाई संस्थानले स्ट्याण्डर्ड दूध प्रति ५ सय एमएल ४३ रुपैयाँ, फूल क्रिम प्रतिप्याकेट ५७ र गाईको दूधको मूल्य ५१ रुपैयाँ छ । यस्तै लो फ्याट चिया दूधको मूल्य ४० रुपैयाँ छ । अधिकारीकाअनुसार सबै दूधमा प्रति प्याकेट साढे ५ रुपैयाँ वृद्धि हुने देखिन्छ ।