Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

सुनको मूल्यमा वृद्धि

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र ७ गते २०७९

चैत ७ गते, मंगलबार सुन तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ हजार ८०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा झरेको थियो । आइतबार भने सुनको मूल्यले नयाँ रकेर्ड कायम गरेर प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको थियो ।

मंगलबार सुनसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले महंगिदा प्रतितोला एक हजार ३४० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

Add a new comment