Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

अल्फा अटोमोटिभले थाल्यो रोयल इन्फिल्डको आक्रामक बजारीकरण

मेरो आर्थिक
मेरो आर्थिक
चैत्र ८ गते २०७९
अल्फा अटोमोटिभले थाल्यो रोयल इन्फिल्डको आक्रामक बजारीकरण

आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले रोयल इनफिल्ड मोटरसाइकलको काठमाडौँ उपत्यकामा एकैसाथ २ वटा शोरुम सञ्चालनमा ल्याएको छ । त्रिवेणी ग्रुपको अटोमोटिभले नक्साल र कोटेश्वरको बालकुमारीमा शोरुम सञ्चालनमा ल्याएको हो ।

शोरुमबाट बाइक, राइडिंग गियर जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पाट्र्स बिक्री तथा बिक्री पछिको सेवाको व्यवस्था गरिएको जनाएको छ । कम्पनीको उद्देश्य ग्राहक सन्तुष्टि सन्तुष्टि रहेको बताइएको छ ।

सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ । अटोमोटिभले आफ्नो एवं डिलर समेत गरी कम्पनी मापदण्डका हाल ६ वटा शोरुम सञ्चालन गरिरहेको छ भने असार भित्र थप ८ वटा शोरुम सञ्चालनमा ल्याउने योजना अटोमोटिभको छ ।

Add a new comment