Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

टाटा नेक्सन इभि म्याक्स नेपाल भित्रियो, नेपाली मुल्य कति ?

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख २७ गते २०८०
टाटा नेक्सन इभि म्याक्स नेपाल भित्रियो, नेपाली मुल्य कति ?

नेपाली बजारमा टाटा नेक्सन ईभी म्याक्स नेपालमा सार्वजनिक भएको छ। टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रद्धी ट्रेडिङले भारतमा सार्वजनिक भएको १ वर्षपछि ईभी म्याक्स नेपालमा सार्वजनिक गरेको हो। ईभी म्याक्सको सुरुवाती मूल्य ४६ लाख ४९ हजार रूपैयाँ रहेको छ।

ईभी म्याक्स एकपटकको चार्जमा ४५३ किलो मिटरसम्म कुद्न सक्छ। नेपाली सडकमा कुदाउँदा कम्तीमा पनि ३०० किलोमिटर सहजै गुड्न सक्ने कम्पनीले जनाएको छ। ४०.५ किलोवाट आवरको ब्याट्री प्याक रहेको बताइएको छ।

ईभी म्याक्स ५० किलोवाटको डिसी फास्ट चार्जरबाट ५६ मिनेटमा फुल हुन्छ। घरमा ७.५ किलोवाटको चार्जरबाट साढे ६ घण्टामा फुल हुन्छ।

१०० किलोवाट मोटर पावर र २५० एनएम टर्क जेनेरेट गर्छ। मल्टी ड्राइभ मोडमा इको, सिटी र स्पोर्टस मोडस्मा सञ्चालन गर्न सकिन्छ। नेक्सन ईभी म्याक्स अधिकतम स्पिड प्रतिघण्टा १४० किलोमिटर रहेको छ। ९ सेकेन्डमा सून्यबाट १०० किलोमिटरको गति दिन सक्छ।

म्याक्सको ह्विलवेस २ हजार ४९८ रहेको छ। ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ। बुट स्पेस ३५० लिटर रहेको छ। २०७८ साउनमा सिप्रद्धी ट्रेडिङले नेक्सन ईभी नेपालमा सार्वजनिक गरेको थियो। टाटाले नेपालमा करिब २५ सय नेक्सन ईभी विक्री गरिसकेको छ।

मनोरम दृश्य अवलोकनकालागि ईभी म्याक्समा इलेक्ट्रिक सनरुफ रहेको छ। गाडी भित्र स्वच्छ हावा राख्नकोलागि एयर प्युरिफाइर रहेको छ। डिअल टन बडि कलरमा बनेको जिपट्रोन प्रविधिमा आधारित भएको बनेको म्यक भारतमा चर्चित सवारीमा पर्छ।

म्याक्सको ब्याट्रि र मोटरको वारेन्टी ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्म कम्पनीले वारेन्टी दिएको छ। समग्र गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटरसम्म वारेन्टी रहेको छ।

सुरक्षाकोलागि गाडीमा हिलहोल्ड एसिस्ट र हिल डिसेन्ट कन्ट्रोल रहेको छ। चारवटै डिस ब्रेक, प्यानिक ब्रेक अलर्ट, एबीएससंगै ईबीडी सुविधा रहेका छन्। ईभी म्याक्समा अगाडी २ वटा एयरब्याग रहेका छन्।

इलेक्ट्रोनिक्स पार्किङ ब्रेक रहेको छ। ग्लोबल एनक्याप रेटिङमा ५ स्टार पाएको छ। नेपालमा ३ वटा कलरमा उपलब्ध रहेको छ।

Add a new comment