नेपाली बजारमा रेड्मी १२ सि : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

नेपाली बजारमा रेड्मी १२ सि

मेरो आर्थिक मेरो आर्थिक जेठ १९ गते २०८०

नेपाली स्मार्ट फोन बजारमा उपलब्ध कम मुल्यका सेटहरुमध्य रेड मी १२ सि सबैभन्दा शक्तिशाली सेट भएको कम्पनीले जनाएको छ । सुरुवाती मूल्य करिब रु. १३००० रहेको यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरूलाई प्रिमियम अनुभव प्रदान गर्ने जनाइएको छ ।

मेडियाटेक हेलिओ जी८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२ सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको र यसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्नुकासाथै प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्ने जनाइएको छ । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१” याच डी ं डिस्प्ले रहेको छ ।
रेड्मी १२सी को ३ जीबी ३२ जीबी भेरियन्टको प्रारम्भिक मूल्य मात्र रु. १३,४९९ रहेको छ । थप स्टोरेज चाहनेलाई ४ जीबी ६४ जीबी भेरियन्ट मात्र रु १४,४९९ र ६ जीबीं १२८ जीबी भेरियन्ट मात्र रु. १६,९९९ मा उपलब्ध रहेको कम्पनीले बताएको छ ।

बेस भेरियन्टमा ग्राहकहरूले एकै साथ धेरै एपहरू बिना कुनै ल्याग, सहज मल्टिटास्किङ गर्न सक्ने पनि जनाइएको छ । यस्तै ६ जीबीं १२८ जीबी को भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदान गर्दछ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?