Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

२ प्रतिशत कर नलाग्ने भएपछि सुनचाँदीको मूल्यमा गिरावट

मेरो आर्थिक
मेरो आर्थिक
जेठ ३१ गते २०८०
२ प्रतिशत कर नलाग्ने भएपछि सुनचाँदीको मूल्यमा गिरावट

बुधबार सुनचाँदीको मूल्यमा गिरावट भएको छ । जेठ ३१ गते, सुन तोलामा ९०० रुपैयाँले सस्तिएको हो । चाँदी पनि यस दिन प्रतितोला २५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सरकारले सुनचाँदीको कारोबारमा लगाउने भनिएको २ प्रतिशत विलासिता कर नलगाउने भएसँगै सुनको मूल्यमा गिरावट देखिएको हो । मंगलबार सिंहदरवारमा अर्थमन्त्री डा. प्रकाशशरण महत र सुनचाँदी व्यवसायीबीच भएको भेटवार्तामा सुनचाँदीको कारोबारमा विलासिता कर लगाउने मनसाय सरकारको नभएको उनले बताएका थिए । सुनका गरगहना हुने खाने देखि हुँदा खानेसम्मले प्रयोग गर्ने भएकोले यस्ता गरगहनामा थप विलासिता कर लगाउने सरकारको नीति नभएको पनि अर्थमन्त्रीले प्रष्ट पारे ।

मंगलबार भने सुनको भाउमा सामान्य वृद्धि भएको थियो । हिजो सुन तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला एक लाख १२ हजार ७०० रुपैयाँ पुगेको थियो ।

यसैगरी, चाँदीको मूल्य पनि आज ओराालो लागेको छ । यस दिन चाँदी तोलामा २५ रुपैयाँले सस्तिदा प्रतितोला एक हजार २२५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । हिजो भने चाँदीको मूल्य पाँच रुपैयाँले बढोत्तरी भएर एक हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।

Add a new comment