चैत्र ८ गते २०८२ --:--:--
मेनु

सुनचाँदीको मूल्यमा वृद्धि

मेरो आर्थिक मेरो आर्थिक असार १ गते २०८० १२:२५ PM
सुनचाँदीको मूल्यमा वृद्धि

असारको पहिलो दिन, सुनचाँदीको मूल्य वृद्धि भएको छ । शुक्रबार सुन तोलामा ८०० रुपैयाँले बढेको छ । चाँदीको पनि यस दिन प्रतितोला २० रुपैयाँले महंगिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा पुगेको छ ।

यसैगरी, चाँदीको भाउ पनि शुक्रबार उकालो लागेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढोत्तरी हुँदा प्रतितोला एक हजार ४२५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?