Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

सुनचाँदीको मूल्य निरन्तर वृद्धि

मेरो आर्थिक
मेरो आर्थिक
असार ११ गते २०८०
सुनचाँदीको मूल्य निरन्तर वृद्धि

सुनचाँदीको मूल्य निरन्तर दोश्रो दिन महंगिएको छ । असार ११ गते, सोमबार सुन तोलामा २०० रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी आज तोलामा १५ रूपैयाँले वृद्धि भएको छ ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख १० हजार ४०० रूपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि सुन तोलामा ४०० रूपैयाँले वृद्धि भई प्रतितोला एक लाख १० हजार २०० रूपैयाँ पुगेको थियो ।

यसैगरी, चाँदीको भाउ पनि सोमबार वृद्धि भएको छ । महासंघका अनुसार यस दिन चाँदी तोलामा २५ रूपैयाँले महंगिदा प्रतितोला एक हजार ३६५ रूपैयाँमा खरिदबिक्री हुँदैछ ।

हिजो चाँदी प्रतितोला एक हजार ३५० रूपैयाँमा किनबेच भएको थियो ।

Add a new comment