Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

आज सुनचाँदीको मुल्यमा गिरावट

मेरो आर्थिक
मेरो आर्थिक
असार १४ गते २०८०
आज सुनचाँदीको मुल्यमा गिरावट

बकर इदका दिन सुनचाँदी सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ निरन्तर दोश्रो दिन गिरावट भएको हो । असार १४ गते, बिहीबार सुन तोलामा ६०० रुपैयाँले घटेको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ९ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार पनि सुन तोलामा ६०० रुपैयाँले घट्दा प्रतितोला एक लाख १० हजार रुपैयाँमा झरेको थियो ।

बिहीबार चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ३७० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य स्थिर रहेको थियो । बुधबार चाँदी प्रतितोला एक हजार ३७५ रुपैयाँमा कायम रहेको थियो।

Add a new comment