लगातार बढेको सुनको मूल्य शुक्रबार घटेको छ । असार २२ गते, सुन तोलामा १०० रुपैयाँले मात्र गिरावट भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा १०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख १० हजार ७०० रुपैयाँ पुगेको थियो । निरन्तर तीन दिन बढेको सुनको भाउ आज घटेको हो ।
यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले घट्दै आज १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो बिहीबार चाँदी प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।











