Skip to content
logo
मंसिर ७ गते २०८१ समयः

परिसूचक नेप्सेमा ०.२३ प्रतिशतले गिरावट

मेरो आर्थिक
मेरो आर्थिक
असार २६ गते २०८०
परिसूचक नेप्सेमा ०.२३ प्रतिशतले गिरावट

आज नेप्सेमा सामान्य गिरावट भएको छ । ०.२३ प्रतिशतको गिरावट आउद परिसूचक घटेर ४.७३ अंकमा बन्द भएको हो ।

सेयर बजारमा आज २ अर्ब ८५ करोड रुपैयाँ बराबरको ७९ लाख ८८ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचक घट्दा १३८ वटा कम्पनीको सेयर मूल्य घटेको र ७९ वटा कम्पनीको सेयर मूल्यमा भने बढेको छ । तर ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

हिमालयन पावर पार्टनर, एनआईबीएल समृद्धि फण्ड–२, रावा इनर्जी डेभलपमेन्ट, लिबर्टी इनर्जी कम्पनी र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्सेमा कारोबार भएका ४ समूहको सूचक बढेको छ । बाँकी सबै समूहको सूचक घटेको छ छ ।

Add a new comment