चैत्र ८ गते २०८२ --:--:--
मेनु

सुनचाँदीको मुल्य वृद्धि

मेरो आर्थिक मेरो आर्थिक श्रावण १४ गते २०८० ११:५७ AM
सुनचाँदीको मुल्य वृद्धि

साउन १४ गते, आइतबार सुनचाँदीको भाउ महंगिएको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको छ । चाँदी पनि आज प्रतितोला पाँच रुपैयाँले उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने सुन तोलामा ९०० रुपैयाँले सस्तो भएर प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा झरेको थियो ।

आज चाँदी तोलामा पाँच रुपैयाँले महंगिदा प्रतितोला एक हजार ४५५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन प्रतितोला एक हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?