माघ २१ गते २०८२ --:--:--
मेनु

सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

मेरो आर्थिक मेरो आर्थिक श्रावण १६ गते २०८० १२:०३ PM
सुनचाँदीको मुल्यमा सामान्य वृद्धि

आज सुन तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा २५ रुपैयाँले महंगिएको छ ।

यस दिन छाापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार भने सुनको भाउ ओरालो लागेको थियो । अघिल्लो कारोबार दिन, सुन तोलामा ३०० रुपैयाँले घटेर प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा २५ रुपैयाँले महंगिदा प्रतितोला एक हजार ४७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अघिल्लो कारोबार दिन चाँदीको मूल्यमा गिरावट देखिएको थियो। हिजो चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएर प्रतितोला एक हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?