Skip to content
logo
कार्तिक ४ गते २०८१ समयः

आजको सुन चाँदिको मुल्य

मेरो आर्थिक
मेरो आर्थिक
कार्तिक १४ गते २०८०
आजको सुन चाँदिको मुल्य

सुनको मूल्य लगातार दोश्रो दिन सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख १६ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ४५० रुपैयाँमा झरेको छ ।

हिजो सुन तोलामा ५०० रुपैयाँले नै घट्दा प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

मंगलबार चाँदीको मूल्य भने वृद्धि भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको मूल्यमा सामान्य गिरावट देखिएको थियो । सोमबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ४१० रुपैयाँमा झरेको थियो ।

Add a new comment