विहिबार सुन र चाँदी दुवैको मुल्यमा ह्रास, के कतिमा हुदै छ कारोबार ? : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

विहिबार सुन र चाँदी दुवैको मुल्यमा ह्रास, के कतिमा हुदै छ कारोबार ?

मेरो आर्थिक मेरो आर्थिक माघ २५ गते २०८०

बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ (फेनेगोसिडा)का अनुसार आज राम्रो सुन प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भइरहेको छ ।  बुधबारको मुल्य प्रतितोला रु ११८,६०० रहेको थियो ।

त्यस्तै तेजाबी सुनको भाउ बुधबार प्रतितोला ११८ हजार ५० रुपैयाँको विपरीत आज प्रतितोला ११७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै बिहीबार चाँदीको भाउ घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ भने बुधबार प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

एक दिनअघि मात्रै बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको थियो भने चाँदी भने स्थिर रहेको थियो ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?