काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ५६ सयले बढेर तोलाको ३ लाख १० हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख ४ हजार ७ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३७५ रुपैयाँले बढेर तोलाको ५४२५ मा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ५०५० मा कारोबार भएको थियो ।












