राजनीति : Mero Aarthik - Page 2
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

राजनीति

प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पेश गरेको संघीय निजामती सेवा विधेयक बहुमतले पारित भएको हो । आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले भने भिजिट भिसा प्रकरणमा आफ्नो विरोध कायम राख्दै बैठक बहिष्कार गरेका थिए ।  यस विधेयकमाContinue reading “प्रतिनिधिसभाबाट संघीय निजामती सेवा विधेयक पारित”

मेरो आर्थिक असार १५ गते २०८२ थप पढ्नुहोस्

झाँक्रीको अभिव्यक्तिले एकीकृत समाजवादीमा तरंग !

काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा नेतृ राम कुमारी झाँक्रीको अभिव्यक्तिले तरंग ल्याएको छ । शनिबार रुपन्देहीको मणिग्राममा आयोजित पार्टीको युवा संघ नेपाल रूपन्देहीको जिल्ला भेलामा झाँक्रीले अध्यक्ष माधवकुमार नेपालको बारेमा गरेको टिप्पणीले तरंग ल्याएको हो । झाँक्रीले कानुनी हिसाबले अध्यक्षमाथि संकट आएको बताउदै अब काँधमा सिनो बोकेर हिड्न नसकिने टिप्पणी गरेकी थिइन् । उनले भनेकीContinue reading “झाँक्रीको अभिव्यक्तिले एकीकृत समाजवादीमा तरंग !”

मेरो आर्थिक असार १५ गते २०८२ थप पढ्नुहोस्

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको औपचारिक भ्रमण सहभागि हुन त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा सिंहले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ । स्पेनको भ्रमण पुरा गरिContinue reading “प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी”

मेरो आर्थिक असार १५ गते २०८२ थप पढ्नुहोस्

एमालेको राजनीतिमा पुन: सक्रिय हुने विद्या भण्डारीको घोषणा

काठमाडौँ । पुर्व राष्ट्रपति विद्या देवी भण्डारीले एमालेको राजनीतिमा पुन: सक्रिय हुने घोषणा गरेकी छन् ।  शनिबार राष्ट्रिय सभामा मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले आफु पुन एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गर्दै सदस्य नवीकरण गरेको बताएकी हुन् । भण्डारीले राष्ट्रपतिको भूमिकाबाट बाहिर आएपछि व्यापक छलफल गरेर पुन:Continue reading “एमालेको राजनीतिमा पुन: सक्रिय हुने विद्या भण्डारीको घोषणा”

मेरो आर्थिक असार १४ गते २०८२ थप पढ्नुहोस्

रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ

काठमाडौँ । पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुरु गरेको हस्ताक्षर अभियानमा सहभागी हुदै हस्ताक्षर गरेका छन् । डा. भट्टराई शनिबार रास्वपाको पार्टी कार्यालय बनस्थली पुगेर रवि लामिछानेमाथि राज्यले अन्याय गरेको भन्दै हस्ताक्षर गरेका हुन् । सो अवसरमा रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, रास्वपा सांसद शिशिर खनाल, केन्द्रीय सदस्य दीपक बोहोराContinue reading “रास्वपाको हस्ताक्षर अभियानमा डा. बाबुराम भट्टराईको साथ”

मेरो आर्थिक असार १४ गते २०८२ थप पढ्नुहोस्

प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित भएको छ । शनिबारको प्रतिनिधि सभाको बैठकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ पारित गरेको हो ।  गृहमन्त्री रमेश लेखकले पेश गरेको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो । प्रस्ताव पारित हुनुअघि प्रतिनिधि सभामा यसContinue reading “प्रतिनिधि सभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित”

मेरो आर्थिक असार १४ गते २०८२ थप पढ्नुहोस्

रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक बोलाएको छ । पार्टी प्रवक्ता मनिष झाका अनुसार संसद भवन नयाँ बानेश्वरमा आज बिहान ९ बजे रास्वपा संसदीय दलको बैठक बस्दैछ । बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूको विषयमा छलफल हुने झाले जानकारी दिएका छन् ।

मेरो आर्थिक असार १४ गते २०८२ थप पढ्नुहोस्

संघीय संसदका दुई समितिको बैठक बस्दै

काठमाडौ । आज संघीय संसदका दुई समितिको बैठक बस्दैछ । आज प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । अपराहन्न १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुने कार्यसूची रहेको समितिले जानकारी दिएको छ । त्यस्तै बिहान ११Continue reading “संघीय संसदका दुई समितिको बैठक बस्दै”

मेरो आर्थिक असार १४ गते २०८२ थप पढ्नुहोस्

धरौटीमा छुटेका माधव नेपालले पार्टी अध्यक्ष पद नछोड्ने

काठमाडौँ । माधव कुमार नेपालले एकीकृत समाजवादीको अध्यक्ष पद नछोड्ने भएका छन् । शुक्रबार बसेको पार्टी सचिवालय बैठकपछि उपाध्यक्ष एवं प्रवक्ता प्रकाश ज्वालाले नेपाल अध्यक्षमा रहिरहने स्पष्ट गरेका छन् । पतञ्जली जग्गा प्रकरणमा अख्तियारले दायर गरेको मुद्धामा धरौटीमा रिहा भएका नेपाल पार्टी अध्यक्षमा रहिरहने भएका हुन् । ज्वालाले संसद पद निलम्बन भएको विषयमा संसदीय दललेContinue reading “धरौटीमा छुटेका माधव नेपालले पार्टी अध्यक्ष पद नछोड्ने”

मेरो आर्थिक असार १४ गते २०८२ थप पढ्नुहोस्

जसपा नेपालले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन

बुटवल । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । शुक्रबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र पार्टीको तर्फबाट प्रदेश सभा सदस्य रहेकी अम्बिका काफ्लेले प्रदेश सभामा दर्ता गराएकी हुन् । पत्रमा नेपालको संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ताContinue reading “जसपा नेपालले फिर्ता लियो लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन”

मेरो आर्थिक असार १४ गते २०८२ थप पढ्नुहोस्