फागुन २५ गते २०८२ --:--:--
मेनु

अलपत्र चालिस हजार किलोग्राम बढी रक्तचन्दन सड्ने अवस्थामा

मेरो आर्थिक मेरो आर्थिक पौष २७ गते २०७९ ८:०५ AM
अलपत्र चालिस हजार किलोग्राम बढी रक्तचन्दन सड्ने अवस्थामा

विभिन्न स्थानबाट प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन सिन्धुपाल्चोकमा अलपत्र परेकोे छ । लुकाई छिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको रक्तचन्दन अलपत्र भएको हो ।

पटक–पटक गरी बरामद गरिएको रक्तचन्दन स्पष्ट कानुन नहुँदा सडेर जाने अवस्थामा पुगेको छ । बरामद गरिएको रक्तचन्दन साबिक जिल्ला वन कार्यालयले संरक्षण गर्नुपर्ने भए पनि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा राखिएको छ ।

तस्करहरुले अवैधरुपमा लुकाईछिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा प्रहरीले यो परिमाणको रक्तचन्दन बरामद गरेको थियोे । रक्तचन्दनबारे अझैसम्म पनि सम्बद्ध निकायले ठोस निर्णय नगरेकाले यस्तो अवस्थामा पुगेको हो ।

रक्तचन्दन वनको स्वामित्वमा भए पनि ठाउँ अभावका कारण प्रशासन प्राङ्गणमा राखिएको छ । साबिक वन विभागले अहिले बरामद रक्तचन्दनको अवस्थाबारे लेखेर पठाउन जिल्ला वन कार्यालयलाई निर्देशन दिएकामा पत्र आएपछि यहाँ भएका रक्तचन्दनको अवस्थाबारे जानकारी गराइएको सहायक वन अधिकृतले बताउनुभयो ।

साइटिस–२ को सूचीमा रहेको रक्तचन्दन आयात गर्ने र निर्यात गर्ने मुलुकबीच सम्झौता भयो भने ओसारपसार गर्न पाइँछ तर तेस्रो राष्ट्रको बाटो भई जाने भएमा ती राष्ट्रबीचसम्झौता हुनुपर्छ । यहाँ बरामद गरिएका रक्तचन्दन भारतबाट लुकाईछिपाई चीन लैजाने गरिएका छन् ।

प्रशासनको परिसरमा रहेको रक्तचन्दनको जिम्मेवारी तथा सुरक्षा प्रहरीले गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शिवकुमार बुढाथोकीले जानकारी दिनुभयो प्रशासन कार्यालयको प्राङ्गणमा ६२ सालदेखि बरामद गरिएका रक्तचन्दन छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?