डोटी, अछाम र बझाङका भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्न थालिएको छ ।
डोटीसहित भूकम्पबाट अछाम र बझाङ पनि प्रभावित बनेको थियो । ती तीनै जिल्लाका भूकम्प प्रभावित गाउँपालिकामा क्षतिको विस्तृत आङ्कलन जारी रहेको जनाइएको छ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासङघ आइएफआरसीको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटीले भूकम्प अति प्रभावितलाई तीन जिल्लामा अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद मा सहयोग गरेको हो ।
सोसाइटीले भूकम्प प्रभावित सङ्कटासन्न परिवारको स्वास्थ्यलाई ख्याल गर्दै चार हजार चार सय त्रिपाल, दुई हजार दुई सय कम्मल, पाँच सय मर्यादा किट
भूकम्प अति प्रभावित प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न रु ७३ हजार ६ सय, अत्यावश्यक वस्तु खरिद गर्न रु १५ हजार र शौचालय निर्माण गर्न रु १० हजार गरी रु ९८ हजार ६ सय प्रदान गर्न थालिएको सोसाइटीले जनाएको छ ।
भूकम्पबाट सबैभन्दा धेरै क्षति भएको डोटीको पूर्वीचौकी गाउँपालिकामा क्षतिको विस्तृत आङ्कलन भइरहेको छ । त्यहाँ ९० घर पूर्ण रुपमा क्षतिग्रस्त भएको तथा आठ सय २४ घरमा आंशिक क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।
क्रमशः जिल्लाका सबै पालिकामा सर्वेक्षण गरिनेछ ।
भूकम्पबाट डोटीका नौ स्थानीय तहका पाँच सय ४१ निजी आवास पूर्ण रुपमा क्षति भएका, चार हजार एक सय ४६ घरहरुमा आंशिक क्षति पुगेको, ४७ विद्यालय, नौ स्वास्थ्य चौकी, नौ सरकारी भवन र चार सांस्कृतिक सम्पदामा क्षति पुगेको प्रारम्भिक तथ्याङ्कमा उल्लेख छ ।












