फागुन २५ गते २०८२ --:--:--
मेनु

सिटिजन्स बैंकका थप २ शाखा मधेस प्रदेशमा

मेरो आर्थिक मेरो आर्थिक माघ ३ गते २०७९ ७:१८ AM

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार क्रममा मधेस प्रदेशमा थप दुईवटा शाखा स्थापना गरेको छ । बैंकले आफ्नो १८१ औँ तथा १८२ औँ शाखा मधेस प्रदेश अन्तर्गत सर्लाहीको बरहथवामा र वीरगन्जमा थप २ वटा शाखाहरू सञ्चालनमा ल्याएको हो ।

मधेस प्रदेशको सबै जिल्लामा यो बैंकको उपस्थिति पुगेर जम्मा २९ वटा शाखाहरू सञ्चालनमा रहेका छन् । सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि रहेका आफ्ना १८२ वटा शाखा, १३५ वटा एटीएम र ९७ वटा शाखा रहित बैंकिङ्ग इकाईहरूबाट करिब १५ लाख २१ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?