तनहुँमा चालू आर्थिक वर्ष ०७९/८० को छ महिनाको अवधिमा विकास बजेटतर्फ ६.३७ प्रतिशत मात्रै न्यून खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।
पूँजीगततर्फ सङ्घीय सरकारमार्फत रु तीन अर्ब १५ करोड १२ लाख ३८ हजार तीन सय ९० विनियोजन भएकामा यस अवधिमा रु २० करोड नौ लाख १९ हजार चार सय ६३ खर्च भएको प्रमुखले जानकारी दिनुभयो ।
चालूतर्फ ३८.७६ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फ रु आठ अर्ब ३८ करोड ७४ लाख १४ हजार सात सय ३८ विनियोजन भएकामा रु चार अर्ब २७ करोड २४ लाख ६० हजार ९९ खर्च भएको जनाएको छ ।
प्रदेश सरकारमार्फत विनियोजित बजेटमध्ये पूँजीगततर्फ १०.५४ प्रतिशत बजेट खर्च भएको छ । पूँजीगततर्फ रु दुई अर्ब ६० करोड तीन लाख ३१ हजार विनियोजन भएकामा रु २८ करोड ३६ लाख ३५ हजार छ सय १३ खर्च भएको कार्यालयले जनाएको छ ।
चालूतर्फ रु ८२ करोड ७१ लाख तीन हजार ६७ विनियोजन भएकामा १२.३१ प्रतिशत बजेट खर्च भएको छ ।












