पेट्रोल,डिजेल र मट्टितेलको मूल्य भारतबाट बढेर आएको छ । नेपाल आयल निगमकाअनुसार भारतबाट पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८ रुपैयाँ बढेर आएको छ भने मट्टितेलमा साढे ४ रुपैयाँ बढाएर इण्डियन आयल कर्पोरेसनले पठाएको हो ।
मट्टितेलको मूल्य ४ रुपैयाँ ६० पैसा र हवाई इन्धन ७ रुपैयाँ ८० पैसा बढेर आएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ घटेर आएको छ ।











