‘भ्यालेन्टाइन डे’ को अवसरमा जगदम्बा मोटर्सले ‘टीभीएस लभ एक्सप्रेस’ योजना सार्बजनिक गरेको छ ।
कम्पनीका अनुसार यस योजनाको थिम ‘एक्सप्रेस द पावर अफ लभ’ रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टीभीएस स्कुटर खरिदमा ६ हजार रुपैयाँसम्मको स्योरसट नगद छुट पाउने बताईएको छ ।
जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआई लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टी स्कुटर एन्टर्क बिक्री वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर भएको कम्पनीले बताएको छ ।
२४ माघदेखि १६ फागुनसम्म लागु हुने यस योजना अन्तर्गत ग्राहकहरुले ३ हजार ९९९ रुपैयाँ (रु. १३३ प्रतिदिन), २५ प्रतिशत डाउन पेमेन्ट गरेर ११.९९ प्रतिशत ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
‘भ्यालेन्टाइन डे’ को अवसरमा ‘टीभीएस लभ एक्सप्रेस’ योजना सार्बजनिक












