फागुन २५ गते २०८२ --:--:--
मेनु

प्राधिकरणले प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज गर्‍यो

मेरो आर्थिक मेरो आर्थिक माघ २७ गते २०७९ ९:५८ AM
प्राधिकरणले प्रभु डिजिटल र एलएनटी नेटको लाइसेन्स खारेज गर्‍यो

नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै प्रभु डिजिटल लिमिटेड, कमलादी काठमाडौँ र एलएनटी इन्फोटेक प्रालीको लाइसेन्स खारेज गरेको छ ।

इन्टरनेट इमेलसहित प्रमु डिजिटल अनुमतिपत्र नं फि।ज १–१२१ र एलएनटीले अनुमतिपत्र नं फि ज १–१२२ नवीकरणका लागि नियमानुसार निवेदन पेस नगरेकाले प्राधिकरणले अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ ५ बमोजिम खारेज भएको जनाएको छ ।

इन्टरनेट इमेलसहित सेवा सञ्चालन गरेबापत नियमानुसार तिर्न र बुझाउन कुनै दस्तुर देखिएमा उक्त रकम ३० दिनभित्र तिर्नसमेत प्राधिकरणले निर्देशन दिएको छ ।
प्राधिकरणले माघ १६ गते लाइसेन्स नवीकरण नगरेको भन्दै केसिएन नेट प्राली बौद्धलाई दिइएको लाइसेन्ससमेत खारेज गरेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?