फागुन २५ गते २०८२ --:--:--
मेनु

नेपाल टेलिकमले ५जी नेटवर्क ट्रायल परीक्षण थाल्यो

मेरो आर्थिक मेरो आर्थिक माघ २९ गते २०७९ ८:४४ AM

नेपाल टेलिकमले पहिलो पटक पाँचौं जेनेरेसनको मोबाइल नेटवर्क ५जी को आन्तरिकरुपमा परीक्षण सुरु गरेको छ । कम्पनीले माघ २२, मा आफ्नो १९ औं वार्षिकोत्सवसँगै सबैभन्दा ठूलो र सबैभन्दा उन्नत वर्तमान नेटवर्क लाइभमा ल्याएको छ ।
कम्पनीको यो परियोजनालाई विश्वको अग्रणी दूरसञ्चार गियर विक्रेता ह्वावेले सहयोग गरेको जनाइएको छ ।

चिनियाँ टेक जाइन्टले ‘नेपालमा पहिलो पटक’ धेरै प्रविधिहरू लन्च गर्नमा मुख्य भूमिका खेलेको जनाइएको छ । यसअघि ह्वावेले नेपाललाई ४ जी, इन्टेलिजेन्ट नेटवर्क, आईभीआर र आईपी टेलिफोनीमा आईफी मल्टिमिडिया सबसिस्टम, टुजी झीएसएम र सीडीएमएलगायतका नेटवर्क लन्च गर्न मद्दत गरेको थियो ।

हाल नेपाल टेलिकमको ५ जी हुवावे, साओमी र भिभोजस्ता ब्रान्डहरूको ह्यान्डसेटहरूमा काठमाडौँका टेलिकमका कर्मचारीसहित सीमितमा उपलब्ध हुने जनाइएको छ । “नेपाललाई नेटवर्क पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा ह्वावे सम्मानित छ । “इन नेपाल, फर नेपाल” मिशनको साथ ह्वावेले देशभरका ३० मिलियनभन्दा बढी मानिसहरूलाई उच्च गुणस्तरको नेटवर्क कनेक्टिभिटि उपलब्ध गराउन प्रतिबद्ध छस ह्वावेले नेपाल डिजिटल रूपान्तरणलाई गति दिन रुरल युनिभर्सल कभरेज, 4G\5G कनेक्सनहरू, डिजिटल सरकार र स्थानीय ict ट्यालेन्ट डेभलपमेन्टमा निरन्तर लगानी गर्नेछ, ह्वावेले भनेको छ ।

अहिलेको लागि, कम्पनीले ५जी परीक्षणबाट आफ्नो डाटा सङ्कलन गर्नेछ । त्यससँगै नतिजाको विश्लेषण गरेर परीक्षण परिणामको आधारमा यसको व्यावसायिक सुरुवात हुने जनाइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?