फागुन २५ गते २०८२ --:--:--
मेनु

युनिलिभर नेपालको नाफामा वृद्धि

मेरो आर्थिक मेरो आर्थिक माघ २९ गते २०७९ ९:३४ AM
युनिलिभर नेपालको नाफामा वृद्धि

युनिलिभर नेपालको बिक्री आम्दानीमा भएको वृद्धि तथा कच्चा पदार्थको लागत बाहेक अन्य खर्च व्यवस्थापन गर्दा नाफा बढेको देखिन्छ । ९ करोड २१ लाख पूँजी रहेको कम्पनीले चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा ५५ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाससम्म ३१ करोड १४ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७७.४२ प्रतिशतले बढेको हो ।

आम्दानी १ अर्ब ६७ करोड ५ लाख रुपैयाँबाट बढेर २ अर्ब २० करोड २५ लाख पुगेको छ । त्यस्तै कुल आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ७० करोड ३१ लाख रहेकोमा चालु आवको सोही अवधिमा बढेर २ अर्ब २४ करोड ८१ लाख पुगेको छ ।

कम्पनीको आम्दानीसँगै खर्च पनि बढेको छ । गत आवको दोस्रो त्रैमाससम्म १ अर्ब ३० करोड ९४ लाख रुपैयाँ रहेको कुल खर्च चालु आबको सोही अवधिमा बढेर १ अर्ब ५८ करोड ४२ लाख पुगेको छ । यस अवधिमा कम्पनीको उत्पादनका लागि आवश्यक कच्चा पदार्थको लागत ८० करोड ७६ लाख रुपैयाँबाट वृद्धि भई १ अर्ब १३ करोड ७६ लाख रुपैयाँ पुगेको छ ।

कर्मचारी खर्च ३ करोड ३८ लाखबाट बढेर ११ करोड ८० लाख पुग्दा ह्रास कट्टी २ करोड ८० लाखबाट बढेर ८ करोड ३ लाख पुगेको छ । तर, अन्य खर्च ३७ करोड ९९ लाख रुपैयाँबाट घटेर २४ करोड १ लाखमा झरेको छ । खर्च बढेपनि कम्पनीको आम्दानीमा पनि वृद्धि हुँदा नाफा उल्लेख्य बढेको हो । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सञ्चित कोषमा ३ अर्ब ३३ करोड ४५ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?