फागुन २५ गते २०८२ --:--:--
मेनु

उज्यालो तनहुँ घोषणा गरियो

मेरो आर्थिक मेरो आर्थिक फागुन १ गते २०७९ ९:२४ AM

विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ । विद्युत् पहुँच नपुगेका क्षेत्रमा यसै वर्षभित्र विद्युत बिस्तार हुदाँ अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो ।

देवघाट गाउँपालिकाका केही वडामा विद्युत् पहुँच पुग्न बाँकी रहेकाले विद्युत बिस्तारको कार्य तिव्र गतिमा भइरहेको वितरण केन्द्रका प्रमुखले जानकारी दिनुभयो । बन्दीपुर–६ स्थित साराङघाटमा ३३/११ केभी क्षमताको ट्रान्समिटरको काम भइरहेकाले उक्त काम सम्पन्न हुनेबित्तिकै सबस्टेशन सञ्चालनमा ल्याई देवघाट क्षेत्रमा विद्युत सप्लार्यस गर्ने योजना रहेको छ । ती वडामा विद्युत् विस्तार एक/दुई घरमा पुर्‍याउन र धेरै खम्बा आवश्यकपर्ने स्थानमा विद्युत् विस्तार गरिएको छैन् ।

विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले रू ३८ लाख १५ हजार सात सय २३ विद्युत् महसुल बक्यौता रहेको जनाएको छ । विसं २०७९ साउन १ देखि पुस मसान्तसम्म रू ३८ लाख १५ हजार सात सय २३ विद्युत् महसुल बक्यौता रहेको छ भने रू ९० लाख ९० हजार दुई सय ७७ महशुल शुल्क असुली गरिसकेको सो केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?