फागुन २५ गते २०८२ --:--:--
मेनु

भारतबाट घटेर आयो पेट्रोल डिजेलको मूल्य

मेरो आर्थिक मेरो आर्थिक फागुन ५ गते २०७९ ११:१३ AM

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । प्रत्येक १५/१५ दिनमा इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई मूल्यसूची उपलब्ध गराउँदै आएको छ ।

यसअनुसार, आज १६ तारिखमा नयाँ मूल्य सूची आएको हो । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १.९७ रुपैयाँ घटेर आएको छ ।

डिजेलको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ आसपास घटेर आएको निगमले जनाएको छ । हाल नेपाली बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १७८ र डिजेलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ कायम छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?