सेल्सबेरीले नवौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउँदै छ । सेलवेज ग्रुपले २०७० देखि सेल्सवेरी ब्राण्डबाट सेवा प्रवाह गर्दै आइरहेको छ । हालसम्म सेल्सवेरीका २९ वटाशाखा विस्तार भइसकेका छन् ।
जसमध्ये ५ वटा सुपर स्टार, १० वटा प्रिमियम स्टारका साथै १४ वटा एक्सप्रेस स्टार रहेका छन् । कम्पनीले हालसम्म ६०० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । यसैगरी २०८० मा पोखरामा थप २ वटा तथा काठमाडौंमा ४ वटा शाखा विस्तारका तयारी गरिएको कम्पनीले जनाएको छ ।
काठमाडौंस्थित महाराजगन्जमा रहेको सुविधासम्पन्न भवनबाट अन्तर्राष्ट्रियस्तरका डिपार्टमेन्ट स्टोर बैशाखबाट सञ्चालनमा ल्याउने तयारी भइरहेको सेलवेज ग्रुपले बताएको छ । सेल्सबेरीले अहिले विभिन्न ५०० भन्दा बढी कम्पनी तथा सप्लायर्सबाट १ लाख भन्दा बढी भेराइटीका सामाग्री ग्राहकवर्ग समक्ष उपलब्ध गराइरहेको छ ।
नवौँ वर्ष प्रवेशको अवसरमा कम्पनीले विभिन्न आकर्षक छुटका योजनाहरू समेत सार्वजनिक गरेको छ। सेल्सबेरीका अनुसार फाल्गुन ३ गतेदेखि सुरू भएको विशेष अफर फाल्गुन २० गतेसम्म कायम रहनेछ ।












