फागुन २६ गते २०८२ --:--:--
मेनु

लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याजदर लिन नपाउने

मेरो आर्थिक मेरो आर्थिक फागुन १७ गते २०७९ ८:३२ AM
लघुवित्तले १५ प्रतिशत भन्दा बढी ब्याजदर लिन नपाउने

नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जाको ब्याज १५ प्रतिशत बढी लिएमा कारबाही गर्ने जनाएको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै लघुवित्त संस्थालाई कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिए कारबाही गर्ने जनाएको हो।

पछिल्लो समय लघुवित्त वित्तीय संस्थाले ऋणीबाट आफूखुसी ब्याज लिएको र पीडितहरूले आत्महत्यासमेत गरेको गुनासो आएपछि राष्ट्र बैंकले सूचना जारी गरेको हो।

‘ कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिन नहुने व्यवस्था छ। संस्थाले १५ प्रतिशत बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकका रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुन्छ,’ जारी सूचनामा भनिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?