फागुन २६ गते २०८२ --:--:--
मेनु

आइएमई पे होलीको इभेन्टहरूको टिकट प्रदायकको रूपमा

मेरो आर्थिक मेरो आर्थिक फागुन २१ गते २०७९ ६:३१ AM
आइएमई पे होलीको इभेन्टहरूको टिकट प्रदायकको रूपमा

आइएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरूसँग आबद्ध भई सो इभेन्टहरूको टिकट प्रदायकको रूपमा रहने भएको छ । आइएमई पेमा ग्राहकहरुले ३ फरक–फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्ने बताईएको छ ।
उक्त इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन् । ग्राहकले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मूल्य भन्दा थोरै मूल्यमा पाउन सक्नुहुन्छ । टिकट खरिद गर्न, आइएमई पे एपको ‘इभेन्ट’ सेवाभित्र उपलब्ध छ ।
आइएमई पेबाट अन्नपूर्ण होटल, कलर स्प्ल्यास, द मल्ल होटल, कलरेल्ला र होली फिएस्ता २०२३, सिद्धार्थ बुटिक होटलका टिकटहरु खरिद गर्न सकिनेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?