फागुन २६ गते २०८२ --:--:--
मेनु

नेपाल प्रहरी र एभरेष्ट बैंकबीच समझदारी

मेरो आर्थिक मेरो आर्थिक फागुन २३ गते २०७९ ७:११ AM
नेपाल प्रहरी र एभरेष्ट बैंकबीच समझदारी

नेपाल प्रहरी र एभरेष्ट बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सहमति भएको छ । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी र एभरेष् बैंकबीच कोष स्थापना गर्ने समझादरीपत्रमा हस्ताक्षर भएको हो । कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख अधिकृत सुदेश खालिङले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले सम्झौताका लागि एभरेष्ट बैंकलाई धन्यवाद दिँदै यसबाट बढी भन्दा बढी प्रहरी कर्मचारीका सन्ततीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई विभिन्न सहयोग गर्दै आएको कारण प्रहरीको कार्य सञ्चालनमा सहजता ल्याउन थप टेवा पुगेको उनले बताए ।

कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको चर्चा गर्दै अहोरात्र नागरिकको जिउधनको सुरक्षामा खटिने नेपाल प्रहरीलाई योगदान गर्न पाउँदा थप सन्तुष्टि प्राप्त भएको बताए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?