फागुन २६ गते २०८२ --:--:--
मेनु

गौतमबुद्ध विमानस्थलबाट जजिराको उडान पुन सुचारु

मेरो आर्थिक मेरो आर्थिक फागुन २५ गते २०७९ ८:०२ AM
गौतमबुद्ध विमानस्थलबाट जजिराको उडान पुन सुचारु

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे दुई महिनापछि जजिरा एयरलाइन्सले उडान सुरु गरेको छ । कुबेतबाट बिहीबार बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार जजिराले अब हप्तामा तीन दिन मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने छ । जेठ २ गते विमानस्थल उद्घाटनसँगै सोही दिनबाट उडान सुरु गरेको जजिराले मौसमको कारण देखाउँदै पुस ६ (२१ डिसेम्बर) देखि उडान रोकेको थियो

व्यवसायीहरुले विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल एअरलाइन्सले पनि उडान गर्नुपर्ने माग गर्दै आएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको यो विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने क्षमता छ ।

एउटा एयरलाइन्सको हप्ताको तीनवटा मात्र उडानले विमानस्थल दीगो रुपमा सञ्चालन हुन नसक्ने भन्दै व्यवसायीले अन्य एयरलाइन्सलाई आकर्षित गर्न नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गरेका हुन् ।

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन नहुँदा महिनाको ३० लाखसम्म घाटा हुने गरेको प्रवक्ता झाले बताए ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?