प्रसिद्ध सुजुकी मोटर्सका नयाँ दुई मोडल ग्राण्ड भिटारा र नयाँ ब्रेजा सार्वजनिक भएको छ । नेपालका लागि सुजुकी व्राण्डको चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले शुक्रबार दुई नयाँ मोडल सार्वजनिक गरेको हो ।
‘द ग्राण्ड भिटारा’ सुजुकीको बहुप्रतिष्ठित मोडेल हो भने यो नयाँ संस्करणको ग्राण्ड भिटारामा सुजुकीको आफ्नै सर्टिफाइड फुटुजम डिजाइनको प्रयोग गरिएको छ । जसले अरु भन्दा फरक मात्र होइन बाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गरेको कम्पनीको दाबी छ ।
ग्राण्ड भिटारामा भारतीयमा पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने फुल हाइब्रिड प्रविधियुक्त इन्जिनको प्रयोग गरिएको छ । पुरानो संस्करणको भिटारा ब्रेजा, नेपालकै सर्वाधिक बिक्रि हुने एसयूभी हो । एक ठूलो फड्को मार्दै, यो स्पोर्टी एसयूभीले स्टाइलिश र रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फोमेन्स, उन्नत सुरक्षा सुविधाहरू रहेको कम्पनीको भनाइ छ ।
नयाँ ब्रेजामा हाई–टेक सुविधाहरू छन् जुन सहर र बाहिर सडकहरूमा ड्राइभ गर्दा वास्तवमै उपयोगी छ ।
१.५ भिभिटी हाइब्रिड इन्जिनमा उपलब्ध ग्राण्ड भिटारा र ब्रेजाको मूल्य सेग्मेनट र अप्सन अनुसार ५० लाख ९९ हजार रुपैयाँदेखि ८८ लाख २९ हजार रुपैयाँसम्म तोकिएको छ । यद्यपि, प्रिबुकिङ अफरमा ६ लाख रुपैयाँसम्म छुट दिने कम्पनीको भनाई छ ।












