फागुन २६ गते २०८२ --:--:--
मेनु

ग्लोबल आईएमईको ग्राहकहरुलाई मेट्रो मार्टको अफर

मेरो आर्थिक मेरो आर्थिक चैत्र ३ गते २०७९ ६:१८ AM

काठमाडौं भित्र सञ्चालित ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकहरुले मेट्रो मार्टका स्टोरहरूबाट स्मार्ट क्यूआरमार्फत सामान किन्दा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

योजनामा ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट पाइनेछ । एक पटकको खरिदको १०० रुपैयाँसम्म र योजना अवधिभर ३०० रुपैयाँसम्म छुट पाउने जनाइएको छ ।

यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुनेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?