फागुन २६ गते २०८२ --:--:--
मेनु

इन्धनको भुक्तानीमा माछापुच्छ्रे बैंकका ग्राहकलाई डिजिटल सेवा

मेरो आर्थिक मेरो आर्थिक चैत्र ७ गते २०७९ ९:४० AM
इन्धनको भुक्तानीमा माछापुच्छ्रे बैंकका ग्राहकलाई डिजिटल सेवा

पेट्रोलियम पदार्थको भुक्तानी माछापुच्छ्रे बैंकका ग्राहकले अब डिजिटल माध्यमबाट गर्न सक्ने छन् । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनसँग डिजिटल भुक्तानी सेवासम्बन्धी सम्झौता पछि माछापुच्छ्रे बैंकका ग्राहकले यो सुविधा पाउने भएका हुन् ।

सम्झौतामा एसोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले एसोसिएसनसँग आबद्ध पेट्रोल पम्पहरुमा पीओएस, क्यूआर लगायत डिजिटल भुक्तानी उपकरणको प्रयोगका लागि सहजीकरण गर्नेछ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?