संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ज्योति विकास बैंकले हाम्रो विकास प्रवर्द्धन कोष मार्फत घान्द्रुक पर्यटन व्यवस्थापन समिति, अन्नपूर्ण गाउँपालिका वडा नं १०/११, घान्द्रुकलाई ६६ वटा डस्टबिन हस्तान्तरण गरेको छ।
पर्यटकीय नगरी घान्द्रुकलाई सफा र सुन्दर राख्न तथा सो क्षेत्रको फोहोर मैला व्यवस्थापन गर्ने उद्देश्यका साथ बैंकले उक्त सहयोग गरेको हो ।
आज आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङलाई उक्त डस्टबिनहरु हस्तान्तरण गरे ।
सोही कार्यक्रममा बैंकले घान्द्रुक घुम्न जाने पर्यटकहरुलाई सवारी साधनको भाडा भुक्तानीमा सहजता प्रदान गर्न र नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले जीप संचालक समितिको संयोजकत्वमा जीपहरुलाई QR Code वितरण गरेको छ।
ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७४ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ।












