फागुन २६ गते २०८२ --:--:--
मेनु

आईएमई मोटर्स र नबिल बैंकबीच कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता

मेरो आर्थिक मेरो आर्थिक चैत्र ९ गते २०७९ ११:३७ AM
आईएमई मोटर्स र नबिल बैंकबीच कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता

नेपालका लागि अशोक लेल्यान्डको आधिकारिक बिक्रेता आईएमई मोटर्स र नबिल बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठले हस्ताक्षर गरे ।

ग्राहकले सो अफर अन्तर्गतको सुविधा अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा नबिल बैंकको कुनै पनि शाखाबाट प्राप्त गर्न सक्नेछन् । अशोक लेल्यान्ड ब्राण्डका सवारी साधन किन्नका लागि बैंकले सुलभ ब्याजदरमा अधिकतम ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?