लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभ लक्ष्मी कोष अन्तर्गत व्यवस्थित लगानी योजना र युनिट खरिद दुवै इसेवाबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।
इसेवा एप तथा वेबपेजमा रहेको फाइनान्सियल सर्भिस भित्र गएर इन्भेस्टमेन्ट बटन छनोट गरी लक्ष्मी म्युचुअल फन्डको एसआईपीरयुनिट पर्चेज खरिद गर्न सकिने छ । एसआईपीरयुनिट पर्चेज खरिद गर्न क्यापिटलमा दर्ता नभएका ग्राहकहरुलाई इसेवा मार्फत नै रजिस्टर गर्न मिल्ने गरी सो सेवा उपलब्ध गराइएको छ ।
इसेवा र इसेवा रेमिटले यूकेएआईडी एसईपी सीप परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगारीमा आबद्ध नेपालीहरुलाई रेमिट्यान्सको सदुपयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ । यस कार्यक्रम अन्तर्गत, वैदेशिक रोजगारमा गएका श्रमिकहरुले पठाएको रेमिट्यान्सलाई सहज रुपमा लगानी गर्न शुभ लक्ष्मी कोषको एसआईपी र युनिट पर्चेज उपयोगी हुने विश्वास रहेको छ ।












