Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

साविकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा भट्टचन

मेरो आर्थिक
मेरो आर्थिक
श्रावण २ गते २०८०
साविकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा भट्टचन

साविकको प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्जर पश्चात बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचनलाई चयन गरिएको छ । साउन १ गते बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई नयाँ कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।

नयाँ कम्पनीको सञ्चालकमा संस्थापक समुहबाट ४ जना र सर्वसाधारण समुहबाट २ जना गरी ६ जना सञ्चालक चयन भएको थियो । असार २८ गते बसेको सञ्चालक समितिको बैठकले भट्टचनलाई नयाँ कम्पनीको अध्यक्षमा नियुक्त गरेको हो ।

साविकको प्रभु लाइफबाट अध्यक्ष भट्टचन सहित शुसन शेरचन सञ्चालक समितिमा छन् भने साविकको महालक्ष्मी लाइफबाट सुरेश सापकोटा र उमेशलाल श्रेष्ठ रहेका छन् । सर्वसाधारण शेयरधनीहरुमा भने प्रभु लाइफ इन्स्योरेन्सका शंकर गौतम र ज्योति शेरचन रहेका छन् । मर्जर पछिको यो पहिलो समिति हो ।

Add a new comment