वायुसेवा निगमको संरचना सुधार अध्ययन समितिले बुझायो चौथो प्रतिवेदन


नेपाल राष्ट्र बैंक अन्तर्गतको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा रहेको नेपाल वायुसेवा निगमको संरचनागत सुधार अध्ययन समितिले चौथो प्रतिवेदन बुझाएको छ ।
पूर्व कप्तान कुलबहादुर लिम्बुको संयोजकत्वमा गठित प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले फागुन २९ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, सचिव दीपक काफ्लेले र नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई संयुक्त रुपमा प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदनमा आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी बनाउने, सञ्चालक समितिको निर्णय र निगमको सुशासनलाई प्रभावकारी बनाउन लेखा समिति गठन गर्ने, निगमलाई आर्थिक रूपमा बलियो बनाउन सोल्टी होटलको शेयर बिक्री गर्ने र निगमको यथार्थपरक कार्ययोजना तर्जुमा गरी चार बुँदे समेटिएको छ ।
त्यसैगरी, मन्त्री किरातीले प्रतिवेदनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निगमका कार्यकारी अध्यक्षलाई निर्देशन दिए ।