दुई कम्पनीको भोली बुकक्लोज हुदै, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

दुई कम्पनीको भोली बुकक्लोज हुदै, लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मेरो आर्थिक मेरो आर्थिक फागुन २९ गते २०८०

फागुन २९ गते, काठमाण्डौं,  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेशनल लघुवित्त र माउन्टेन इनर्जीले भोली अर्थात फागुन ३० गते बुकक्लोज गर्दैछन्। तसर्थ दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

नेशनल लघुवित्त वित्तीय संस्था (NMFBS) ले चैत १६ गते, शुक्रबार, धुलिखेल लज रिसोर्ट, धुलिखेल, काभ्रेपलाञ्चोकमा दशौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

त्यस्तै, माउन्टेन इनर्जी नेपाल (MEN) ले चैत १३ गते, आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट्स, भाटभटेनी, काठमाडौँमा दशौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

माउन्टेन इनर्जी नेपालको सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शयर र सोको कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

नेशनल लघुवित्त वित्तीय संस्थाको सभाले गत आर्थिक वर्षको ७.५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ८ करोड १३ लाख १५ हजार ४६६ रुपैयाँ ४६ पैसा नगद लाभांश वितरण गर्ने र ६ लाख ६९ हजार ९००.२७ कित्ता एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी यी दुवै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखा परीक्षकको नियुक्ति गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।