पेट्रोलियम पदार्थको नयाँ मुल्य समायोजन, शनिबार राति देखि मुल्य घट्यो : Mero Aarthik
असार १८ गते २०८२
ब्रेकिङ न्यूज

पेट्रोलियम पदार्थको नयाँ मुल्य समायोजन, शनिबार राति देखि मुल्य घट्यो

मेरो आर्थिक मेरो आर्थिक असार ३ गते २०८१

नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य समायोजन गर्दै घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको जनाएको हो ।

निगम द्वारा सार्वजनिक गरेको नयाँ दर रेट अनुसारको घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । आईतबारबाट तेल भर्दा काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ । त्यस्तै सुर्खेत र दाङ वरपर प्रतिलिटर १६४, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज वरपर प्रतिलिटर १६२ कायम भएको छ ।
अन्तरराष्ट्रिय बजारमा मुल्य घटेपछि नेपालमा पनि समय–समयमा दररेट परिवर्तन तथा समायोजन गर्ने गरिएको छ । स्वचालित मुल्यमा लैजाने चलन शुशिल कोइराला प्रधानमन्त्री हुँदा निर्णय गराएका थिए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?