आइतबार भएको यति एयरलायन्सको भयानक दुर्घटनाको शोकको कारण यती एयरलाइन्सले आज सोमबार हुने सबै उडान रद्द गरेको छ ।
सोमबार काठमाडौंबाट पोखराको लागि उडान भरेको यति एयरको जाहाज पोखरामा आइतबार ९एन एएनसी ७२ विमान दुर्घटना भएको शोकमा आजका उडान रद्द गरिएको यती एयरलाइन्सले जनाएको छ । कम्पनीले आइतबार नै सूचना प्रकाशित गर्दै आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जानकारी गराएको थियो ।
कम्पनीको नाइन एन एएनसी एटीआर ७२–५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि दुर्घटना भएको थियो । सो जाहाजमा सवार ७२ जनाको मृत्यु भएको अनुमान छ । हिजो साँझ सम्ममा ६७ जनाको शव भेटिएको र आज सोमबार बिहानैबाट थप खोजी कार्य तीब्र बनाइएको छ ।












