नेपाल बैंक लिमिटेडले आफ्नो २२८ औं शाखा चितवन जिल्लाको हाकिमचोकमा सञ्चालन गरेको छ । शुक्रबार नेपाल बैंक लिमिटेड सञ्चालक समितिका अध्यक्ष गंगा प्रसाद ज्ञवाली, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रूपमा ताम्रपत्र अनावरण गरी शाखा समुद्घाटन गर्नुभएको हो ।
उक्त कार्यक्रम नेपाल बैंक लिमिटेड हाकिम चोक शाखाका शाखा प्रबन्धक नीना श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय बागमती प्रदेशका प्रादेशिक प्रमुख पासाङ दोर्जी शेर्पा र चितवन उद्योग वाणिज्य सङ्घका अध्यक्ष चुन नारायण श्रेष्ठ,उद्योग सङ्घका अध्यक्ष त्रिलोचन कँडेल, वीरेन्द्र क्याम्पसका प्रमुख दयाराम पौडेल, सप्तगण्डकी क्याम्पसका प्रमुख मणिराज महतो लगायत उपस्थित रहेको उद्घाटन समारोहमा जनप्रतिनिधि, व्यापारी(ग्राहक, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, शिक्षक, नेपाल बैैक लिमिटेडका निवर्तमान कर्मचारी तथा ज्येष्ठ नागरिकहरूको समेत उपस्थिति रहेको थियो ।
नेपाल बैंकको २२८ औं शाखा चितवनमा











