Skip to content
logo
कार्तिक २ गते २०८१ समयः

तयारी अवस्थामा राखेको ५० हजार गुणस्तरहिन चिया नष्ट

मेरो आर्थिक
मेरो आर्थिक
वैशाख ७ गते २०८०
तयारी अवस्थामा राखेको ५० हजार गुणस्तरहिन चिया नष्ट

इलाम । सूर्योदय नगरपालिकामा ५० हजार गुणस्तरहिन तयारी चिया नष्ट गरिएको छ । समाल भ्याली टि स्टेड प्रा.लि. सूर्योदय नगरपालिका–५ ले तयारी चिया उपयोगयोग्य नभएकाले खाडलमा पुरेर नष्ट गरिदिएको हो ।

सूर्योदय नगरपालिका चियाको गुणष्तर सुधार गर्दै चियाको अन्तराष्ट्रिय बजार उच्च बनाउन लागि परेकाले गुणस्तरहिन चिया विक्री वितरण भएको खण्डमा अन्य चिया व्यवसायीहरु समेत मर्कामा पर्ने भएकाले नष्ट गरिएको जनाइएको छ ।

नगरपालिकाको अनुगमन समितिले अनुगमन गर्दा कारखानाले मुना नभई चिया प्रसोधन गर्दा आउने डष्ट तथा सिन्का डाठँको तयारी चिया उत्पादन र खरिद समेत गरेर बिक्री गर्न तयारी अवस्थामा राखेको पाईएपछि नियन्त्रणमा लिएर नष्ट गरेको हो ।

समाल भ्यालि टि स्टेटका मेनेजर अमन जैसवालले पहिला पहिला भारत लगायतका बजारमा आफुहरुले यस्तो प्रकारको चिया बिक्री गरेको कारण पनि यसपटक पनि प्याकेजिङ गरेको बताए । नगरपालिकाले यस्तो चिया बिक्री गर्न नहुने भनेपछि नगरकै रोहबरमा नष्ट गर्ने काम गरेको उनले बताए । जैसवालले आफुहरुबाट गल्ति भएको स्वीकार गर्दै अब अरु कारखानाबाट खरिद पनि नगर्ने र आगामी दिनमा यस्तो काम पनि नगर्ने प्रतिवद्धता जाहेर गरे ।

Add a new comment